काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)–२०८१ अन्तर्गत लिग चरणको अन्तिम खेल आज आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुवै टोली अपराह्न ३ः३० बजे भिड्नेछन्।

६ खेलबाट समान २ अंक मात्र जुटाएका कर्णाली र जनकपुर दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा आजको खेल प्रतिष्ठाका लागि मात्र रहनेछ।

कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गरेका छन् भने जनकपुर बोल्ट्सलाई आशिफ शेखले नेतृत्व गर्नेछन्। जनकपुरले यस सिजनमा अधिकांश खेलमा कप्तान परिवर्तन गर्दै आएको थियो।

यसअघि नै सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट भइसकेका छन्। त्यस्तै काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile