काठमाडौँ- स्ट. जेम्स पार्कमा मंगलबार भएको प्रिमियर लिग खेलमा टोटेनहम हॉटस्परले अन्तिम क्षणमै गोल गर्दै न्यूक्यासल युनाइटेडसँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ। पछिल्ला केही वर्षमा यो मैदानमा स्पर्सले दुखद नतिजा भोग्दै आएको भए पनि यसपटक उनीहरू अन्तिम मिनेटमा जोगिन सफल भए।

९५औँ मिनेटमा स्पर्सका कप्तान क्रिस्टियन रोमेरै ओभरहेड किकमार्फत गोल गर्दै टोलीलाई हारबाट जोगाए।

न्यूक्यासलको पुरानै समस्या : अग्रता जोगाउन असफल

यस सिजन प्रिमियर लिगमा अग्रता लिएपछि सबैभन्दा धेरै अंक (११) गुमाउने टोली न्यूक्यासल नै बनिसकेको छ।
यदि उनीहरूले स्पर्स, ब्रेन्टफोर्ड, वेस्ट ह्याम र आर्सनलविरुद्ध अग्रता जोगाएका भए, आज उनीहरू तालिकाको शीर्ष स्थानमै हुने सम्भावना थियो।

तर यथार्थ फरक छ—न्यूक्यासल अहिले १३औँ स्थानमा छ र शीर्षमा रहेका आर्सनलभन्दा ११ अंकले पछि।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile