काठमाडौँ- नेपाल प्रिमियर लिग क्रिकेटमा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ।

टियू रंगशालामा पोखराले जनकपुर बोल्टसलाई २५ रनले पराजित गरेको हो। साबिक विजेता जनकपुरको यस सिजन लगातार तेस्रो पराजय हो।

जितका लागि पाएको १५५ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर निर्धारित ओभरमा १३० रनमा समेटियो।

जनकपुरका लागि वाएन पार्नेलले ५० रनको अर्धशतकिय पारि खेल्दा सन्जय कृष्णाले २५ र माज सदातले २० रन बनाए।

पोखराका लागि विपिन खत्रिले ४ विकेट लिदाँ सुमित भर्माले २ विकेट लिए।

त्यसअघि टियू रंगशालामा टस जितेर ब्याटिङ्ग गरेको पोखराले ६ विकेटको क्षतिमा १५६ रनको लक्ष्य दिएको थियो।

पोखराका लागि सुमित भर्माले नटआउट ५० रनको अर्धशतकिय इनिङ्गस खेल्दा दिनेश खरेलले ३८ रन बनाएका थिए।

जनकपुरका लागि सन्जय कृष्णाले ३ विकेट लिएका थिए। त्यस्तै अनिल शाह र ललित राजवंशीको नाममा समान १-१ विकेट रहेको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile