काठमाडौँ- नेपाल प्रिमियर लिगमा सोमबारको अन्तिम खेलमा सुदुरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध शानदार जीत निकालेको छ।
जीतका लागी १४० रनको मध्यम लक्ष्य पछ्याउने क्रममा कर्णालीले राम्रो ब्याटिङ्ग गर्न नसक्दा रनको पराजय व्यहोर्न बाध्य बन्यो। कर्णाली १९.२ ओभरमा ९४ रन बनाँउदा अलआउट हुन पुग्यो।
सुदुरका मार्की तथा कप्तान दिपेन्द्र सिंह ऐरि नायक बनेको खेलमा सुदुले बलिङ्गमा आफ्नो नियन्त्रण बनाउन सफल भयो। ऐरीले ओभरमा २३ रन दिएर चार विकेट लिए। रन बनाउन पनि ऐरिले सर्वाधिक ३९ रन बनाएका थिए।
कर्णालीका लागि पवन सराफले बनाएको २७ रन नै सर्वाधिक रन बन्यो। त्यसबाहेक मार्क वाटले १७ रन बनाए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ्य गरेको सुदुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो। उसमा लागि ऐरिले सर्वाधिक ३९ रन बनाएका थिए। त्यस्तै आसिफ सेखले २७ रन बनाए।
कर्णालीका लागि कप्तान सोमपाल कामीले सर्वाधिक ३ विकेट लिदा नन्दन यादव र विपिन शर्माले समान १-१ विकेट लिएका थिए।

