काठमाडौँ- नेपाल प्रिमियर लिगमा सोमबार भएको पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्टसले लगातार दोस्रो हार व्यहोरेको छ।
त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा भएको खेलमा विराटनगर ९ रनले विजयी भएको हो।
जीतका लागि पाएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले बाँकि रहेको नौँ रन पुरा गर्न नसक्दा पराजय व्यहोर्नुपरेको हो।
यस खेलमा विराटनगरका कप्तान सन्दिप लामिछाने नायक बने। ४ ओभरमा उनले मात्र ११ रन दिएर ४ विकेट लिएपछि जनकपुरको इनिङ्ग्स धरासायी बन्न पुग्यो।

