काठमाडौँ- प्रिमियर लिग फुटबलमा लिग लिडर आर्सनलले टोटेनह्यमविरुद्ध शानदार जीत निकालेको छ।
राति भएको खेलमा आर्सनल ४-१ गोलले विजयी बनेको हो।
आर्सनलको जीतमा एजेले ह्याट्रिक गर्दा ट्रोसाडले एक गोल थपे। टोटेनह्यमका लागि रिचार्लिसले सान्तवना गोल फर्काए।
जीतपछि आर्सनलले शिर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानमा रहेको चेल्सीको समान १२ खेलमा २३ अंक रहेको छ।
पराजित भएको टोटेनह्यमको ९ खेलबाट १८ अंक रहदा नवौँ स्थानमा रहेको छ।

