काठमाडौँ- एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले सिरियासँग पराजित भएको छ।
सिरियासंग नेपाल ४-२ गोलले पराजित भएको हो।
समूह ‘जी’मा रहेको नेपालले अर्को खेलमा सोमबार ओमानसँग खेल्ने तालिका छ ।
त्यसपछि नेपालले अफगानिस्तान र घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोली:
गोलकिपरः पेम्बा नोर्बु भोटे, राम बोहरा, विशेष बानियाँ
रक्षकः प्रशान्त मोक्तान (कप्तान), दीपेन कार्की, वीरेन्द्र मल्ल, अदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया, अनोज खड्का
मिडफिल्डरः सञ्जय हेम्रन, लक्ष्मण थामी, राम थामी, प्रतीश थापामगर, भुपेश लामा, नसिब हेम्जन, सुशन मगर, सुजन स्याङ्ताङ
फरवार्डः समीर कुमार, दिग्विजय शाही, निसकुमार श्रेष्ठ, पेम्बा तामाङ

