काठमाडौँ- नेपाल प्रिमियर लिग क्रिकेटमा शनिवार भएको दोस्रो खेलमा काठमाडौँ गोर्खाजविरुद्ध विराटनगर किंग्सले सहज जीत निकालेको छ।
टियु क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १३४ रन बनाएको थियो। विराटनगरले जवाफमा १७.१ ओभरमा मात्र पाँच विकेटको क्षतिमा पुरा गर्यो।
विराटनगरका लागि जर्ज मोन्सेले ३६, मार्टिन गुप्टिलले २५ र नरेन भट्टले २४ रन बनाए।
काठमाडौँका लागि साहब आलमले २ विकेट लिदा करण केसि र सन्तोष यादवले समान १ विकेट लिए।
त्यसअघि निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १३४ रन बनाउदा उसका लागि बेन चार्सवर्डले ३२ रन बनाउँदा सन्तोष यादवले २६ रन बनाएका थिए। आदिल आलमले सर्वाधिक ४८ रनको योगदान दिएका थिए।
विराटनगरको लागि दे लांगेले २ विकेट लिदा सुर्य तामाङ्ग, सुभम राज्ने र सन्दपि लामिछानेले समान १ विकेट लिएका थिए।
काठमाडौँ गोर्खाजले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोरेको थियो।
विराटनगर किंग्स भने आफ्नो दोस्रो खेल खेल्दैछ र पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै बलियो सुरुआत गरिसकेको छ।

