काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई रोचक खेलहरू हुदैछन्।
शनिबार टियु क्रिकेट मैदानमा पहिलो खेल कर्णाली याक्स र लुम्बिनी लायन्स बीच बिहान ११:१५ बजे हुने छ। जारी लिगमा लुम्बिनी लायन्सले आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको छ।
कर्णाली याक्स भने पहिलो खेलमै चितवनसँग ४ विकेटले पराजित भएको थियो, त्यसैले आजको खेलमा कर्णाली पुनरागमनको खोजीमा रहनेछ।
आजकै दोस्रो खेल काठमाडौँ गोर्खाज र विराटनगर किंग्स बीच दिउँसो ३:३० बजे सुरु हुनेछ। काठमाडौँ गोर्खाजले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोरेको छ।
विराटनगर किंग्स भने आफ्नो दोस्रो खेल खेल्दैछ र पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै बलियो सुरुआत गरिसकेको छ।
