काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) एक मात्र खेल हुने भएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो ४ बजे सुरु हुने उक्त खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
पोखरा एभेन्जर्सको नेतृत्व नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले गर्नेछन् भने सुदूरपश्चिम रोयल्सको कप्तानी राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन्।

