काठमाडौँ- नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले शानदार प्रदर्शन गर्दै चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा जित दर्ता गरेको छ।
टस जितेर कप्तान रोहित पौडेलले पहिला बलिङ गर्ने निर्णय लिएका थिए। टस हारेर ब्याटिङमा उत्रिएको चितवन राइनोजले निर्धारित ओभरमा १४३ रनको सामान्य लक्ष्य मात्र बनाउन सक्यो।
उक्त लक्ष्य लुम्बिनीले ९ बल बाँकी हुदै पुरा गर्यो।
लुम्बिनीका कप्तान रोहित पौडेलले ३९ रन बनाएर टोलीलाई सुरुआतमा स्थिरता दिएका थिए। त्यसपछि गुलशन नाईबले ४४ रनको आक्रामक इनिङ्स खेलेर टोलीलाई लक्ष्यतर्फ अघि बढाए। मध्यमक्रममा खेलेका ब्याट्सम्यानहरूले आवश्यक रन जोड्दै लुम्बिनीलाई निर्धारित ओभर भन्दा पहिले लक्ष्य भेट्टाउन मद्दत गरे।
त्यसअघि चीतवनका लागि सोहिल तनविरले १ विकेट लिदा रिजन ढकालले २ विकेट लिएका थिए।चीतवनका लागि कप्तान कुशल मल्लले २१ र सेफ जैबले १५ रन बनाउँदा आर बोपराले सर्वाधिक ६६ रन बनाएका थिए।
लुम्बिनीका लागि रुबेन त्रुम्प्लेमेनल तीन विकेट लिदा अविसेश गौतमले दुई विकेट लिएका थिए।
चितवनले यसअघि पहिलो खेलमा कर्णालि याक्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

