काठमाडौँ- नेपाल प्रिमियर लिग अन्तर्गत आजको खेलमा चितवन राइनोजले टस हार्दै पहिला ब्याटिङ गर्ने भएको छ। लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन्।
पौडेलले पिचको अवस्थालाई ध्यानमा राख्दै पहिला बलिङ गर्नु अनुकूल रहने अनुमान गरेका छन्। उनीहरूको बलिङ आक्रमणले चितवनलाई सुरुआती दबाबमा पार्ने लक्ष्य राखेको छ।
लुम्बिनीले लिगमा आज आफ्नो पहिलो खेल खेल्दैछ।
चितवनले यसअघिनै कर्णालि याक्सलाई पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ।

