काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ।
त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ।
लुम्बिनी लायन्सका कप्तान राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल रहेका छन् भने चितवन राइनोजको नेतृत्व कुशल मल्लले सम्हालिरहेका छन्।
लुम्बिनी लायन्स आजैबाट लिग यात्राको सुरुवात गर्दैछ।
चितवन राइनोज कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरिसकेको छ र लगातार दोस्रो जितको खोजीमा लुम्बिनीविरुद्ध मैदान उत्रँदैछ।

