काठमाडौँ — चार पटकका विश्वकप विजेता इटाली फुटबल इतिहासकै सफल राष्ट्रमध्ये एक हो। तर पछिल्ला वर्षहरूमा आउने नतिजाले भने उल्टै चित्र कोरेको छ। रूस २०१८ र कतार २०२२ को विश्वकपमा छनोट हुन नसकेको इटाली तेस्रो पटक पनि विश्वकपबाट टाढिन सक्ने भयमा पुगेको छ।

आइतबार नर्वेविरुद्धको ४–१ को पराजयसँगै इटालीले विश्वकप–२०२६ का लागि प्रत्यक्ष छनोट गुमायो। समूह चरणमा नर्वेभन्दा छ अंकले पछि परेको इटाली दोस्रो स्थानमा रहँदै पुनः प्ले–अफमा खस्न बाध्य भयो—जहाँ उसले विगतमा कयौँ पीडादायी क्षण भोगिसकेको छ।

२०१८ को विश्वकप छनोटमा इटाली स्विडेनसँग समग्रमा १–० ले पराजित हुँदा छनोटबाट बाहिरिएको थियो।
चार वर्षपछि त झन् ठूलो अपमानजनक हार व्यहोर्नुपर्‍यो—उत्तर म्यासेडोनियाविरुद्ध आफ्नै घरेलु मैदानमा १–० को हार, जसले इटालीको २०२२ विश्वकप यात्रालाई समाप्त गरिदियो।

युरोपेली फुटबल विश्लेषक जेम्स होर्नक्यासल ले भने,
“विश्वकप अझ ठूलो हुँदै गइरहेको यस्तो अवस्थामा इटाली निरन्तर छनोट हुन नसक्नु… २०१७ मा पहिलो पटक विश्वकप छुट्दा त्यसलाई ‘अपोकालिप्स’ भनिएको थियो। अब त हामी अपोकालिप्सको कुन चरणमा छौँ, भन्नै गाह्रो छ,” उनले युरो लिग्स पोडकास्टमा भने।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile