झापा- झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ।
आज दिउँसो ३ बजेबाट सुरु हुने खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ। क्वार्टरफाइनल चरणमा एपीएफले सिक्किम क्लबलाई ७–० गोलले पराजित गरेको थियो भने आर्मीले आरएस पोखरालाई ६–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।
यसअघि पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले संकटा एफसीलाई २-० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाइयकेको छ।
दर्शकका लागि टिकट दर सामान्यतर्फ २०० र ३०० रुपैयाँ तथा भिआइपीतर्फ १,००० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ। विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ, र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउने छन्।
हरेक खेलको ‘प्लेयर अफ द म्याच’ लाई नगद १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ।

