काठमाडौं । राइज क्यालिस्थेनिक्स ललितपुरले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स प्रतियोगिता आयोजना गरेको छ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी शनिबार (कात्तिक २२ गते) ललितपुरको गोदावरी–६ स्थित कोटडाँडा एग्रो रिसोर्टमा ‘राइज नेपाल क्यालिस्थेनिक्स च्याम्पियनसिप–२०२५’प्रतियोगिता आयोजना गरिएको जानकारी गराइएको हो ।

राइज क्यालिस्थेनिक्स ललितपुरका अध्यक्ष जगदीशचन्द्र जोशीले ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा प्रतियोगिता हुन लागेको बताए । उनले उक्त प्रतियोगितामा ७ जना भारतीय खेलाडी र नेपालका ४० जना भन्दा बढी खेलाडीले चार वटा विधामा प्रतिस्पर्धा गर्ने बताए ।

अध्यक्ष जोशीका अनुसार क्यालिस्थेनिक्सका चार विधामध्ये इन्डारेन्स तर्फ ३५ हजार, स्ट्याटिकतर्फ ८० हजार, फ्रिस्ट्यलतर्फ ३५ हजार र फिमेल स्ट्याटिकतर्फ ५० हजार पुरस्कार राखिएको छ । साथै, दुई लाख ५० हजार बराबरको गिफ्ट ह्याम्पर पनि राखिएको छ ।

विशेषगरी आफ्नो शरीरको तौललाइ प्रयोग गरेर देखाइने शारीरिक ब्यायाम कलालाई क्यालिस्थेनिक्स भनिन्छ । यो खेलमा जिम्न्यास्टिक खेलका केहि विशेषता मिश्रित हुने र अहिले साहसिक खेलका रुपमा चिनिन थालेको आयोजक जगदीशचन्द्र जोशीले बताए । जोशी आफ्नै पनि क्यालिस्थेनिक्सका गोल्ड मेडलिस्ट हुन् ।

उनले ६ पटक नेपालको प्रतिनिधित्व गर्दै विभिन्न देशमा गएर क्यालिस्थेनिक्सको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भैसकेका छन्। यो खेललाई राष्ट्रिय खेलकुद परिषदमा समावेश गराउने पहल भइरहेको पनि उनले जानकारी दिए

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile