काठमाडौँ- विश्वकप लिग टु अन्तर्गत युएईमा जारी त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ। नेपालले दिएको २४० रनको लक्ष्य युएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
युएईका मोहम्मद शाहदादले ९६ र मोहम्मद वासिमले ७६ रनको अर्धशतकीय योगदान दिए। नेपालका करण केसीले ३ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटमा २३९ रन बनायो। भीम सार्कीले ४८, कुशल मल्लले ४६ र दीपेन्द्र ऐरीले ३७ रन जोडे।
लगातार चार खेलमा हारसँगै नेपालले २० खेलपछि १२ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ, जबकि युएई १० अंकसहित अन्तिम स्थानमै छ।
