काठमाडौं । नेपालकै सबैभन्दा ठूलो टेनिस बल क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (NSPL) को भव्य उद्घाटन समारोह हिजो तल्लो मुलपानी मैदानमा सम्पन्न भएको छ ।

उद्घाटन समारोहमा अहिलेको चर्चित र्यापर DK Sagar ले जोशिलो परफर्मेन्स दिँदै माहोललाई झनै धमाकेदार बनाइदिएका थिए । टुनामेन्ट डे–नाइट मोडमा संचालन भईरहेको छ ।

हिजो सम्पन्न तीन खेलको परिणाम यस प्रकार रहे : पहिलो खेलमा अपन जनकपुरले काठमाडौं किङ्स लाई ३७ रनले पराजित गर्यो । दोस्रो खेलमा बिराटनगत रोयल्सले लुम्बिनी राईडर्स लाई १३ रनले पराजित गर्यो। 

हिजोको अन्तिम खेलमा पोखरा फाल्क्न्सले कर्णाली हाईल्यान्दर्स लाई ३ रनको साँघुरो जित निकाल्दै विजयी भयो ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *