काठमाडौं । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) २०२५ का लागि लागि काठमाडौँ किंग्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ ।
काठमाडौं किंग्सले बिहीबार दरबारमार्गस्थित क्याफोफिलिया क्याफेमा एक कार्यक्रम आयोजना गर्दै जर्सी अनावरण र अफिसियल एन्थम पनि सार्वजनिक गरेको हो । काठमाडौँ किंग्सका अध्यक्ष अमित अग्रहरी र टिम म्यानेजर दिपक नेपालीले टिमको जर्सी गरे ।
अध्यक्ष अमित अग्रहरीले एनएसपीएलका लागि काठमाडौं किंग्सको तयारी राम्रो रहेको र मैदानमा राम्रो प्रदर्शन गर्न शुभकामना दिए । यस्तै एन्थम तयार गरेका गायक तथा संगीतकार प्रिजोल नेपालीले काठमाडौँको संस्कृति र नेवारी समुदायसंग जोड्ने प्रयास स्वरुप एन्थम निर्माण गरिएको जानकारी दिए ।
ओम नेचर फुड्सको स्वामित्वमा रहेको काठमाडौं किंग्सको मार्की प्लेअरमा जितेन्द्र कार्की छन् भने प्रशिक्षकमा राम नरेश गिरी छन् । डिजिआर स्पोर्ट्सको आयोजनामा पहिलो पटक हुन लागेको टेनिस बल नाइट क्रिकेट नोभेम्बर १ देखि १० सम्म मुलपानी क्रिकेट मैदान (तल्लो) मा हुनेछ । दश ओभर (टी१०)को फर्म्याटमा खेलाइने यस प्रतियोगिता कूल ७ टोलीको सहभागिता रहनेछ ।

