काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एएनएफए)ले पूर्व राष्ट्रिय फुटबल कप्तान हरि खड्कालाई नेपालको पुरुष राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

एएनएफएको कार्यसमितिको निर्णयअनुसार खड्कालाई आगामी एएफसी एशियन कप छनोट अन्तर्गत मलेसियाविरुद्धको खेलका लागि जिम्मेवारी दिइएको हो। उक्त खेल नोभेम्बर १८ मा खेलिनेछ।

हरि खड्का लामो समयदेखि नेपाली फुटबलसँग सम्बन्धित व्यक्तित्व हुन्। उनी राष्ट्रिय टोलीका पूर्वकप्तान हुनुका साथै एएनएफएको टेक्निकल डायरेक्टरको भूमिकामा पनि काम गरिसकेका छन्।

त्यसअघि उनले महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकको रूपमा समेत अनुभव हासिल गरेका थिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile