काभा कप पुरुष भलिबलमा नेपालले माल्दिभ्सलाई ३–१ ले पराजित गर्दै पाँचौँ स्थान हासिल गरेको छ।
पहिलो दुई सेट २९–२७ र २५–२० ले जितेको नेपाल तेस्रो सेट ३७–३५ ले गुमाए पनि चौथो सेट २५–१९ ले जित्दै समग्र जित पक्का गर्यो।
यो जितसँगै नेपालले प्रतियोगिता सकारात्मक रूपमा सम्पन्न गरेको छ।

