काठमडौँ । सुदूरपश्चिम रोयल्सले आधिकारिक एपरेल (पोशाक) पार्टनरको रुपमा डीआरजेसँग सम्झौता गरेको छ । 

आइतबार नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र चर्चित नेपाली कपडा ब्रान्ड डीआरजेका मालिक डिल्ली राज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

डीआरजे पछिल्लो समय निकै लोकप्रिय र चर्चित नेपाली कपडा ब्रान्ड हो । सम्झौताअनुसार डीआरजेले सुदूरपश्चिम रोयल्सका लागि जर्सी उपलब्ध गराउने छ। 

सुदूरपश्चिम रोयल्सका सीईओ खड्काले डीआरजेले उच्च गुणस्तरका खेल पोशाक उपलब्ध गराउने र यसले खेलाडीको प्रदर्शन र आत्मविश्वासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

‘डीआरजे पछिल्लो समय निकै लोकप्रिय र चर्चित नेपाली कपडा ब्रान्ड हो । खेलाडीहरू र टिम दुवैका लागि उत्कृष्ट र गुणस्तरका खेल पोसाक चाहिन्छ, सीइओ खड्काले भने,‘त्यसैले हामीले डीआरजेसँग सहकार्य गरेका छौं । यसले सुदूरपश्चिमको पोशाकमा उच्च स्तरको गुणस्तर झल्काउने छ ।’ 

डीआरजेका वनर दिल्लीराज जोशीले सुदूरपश्चिमसँग जोडिन पाउनु गौरवको कुरा भएको बताए । 

‘सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा आफ्नै माटोसँग जोडिएको अनुभूति भएको छ । पछिल्लो सिजन जस्तै उत्कृष्ट प्रदर्शन यो सिजन उपाधि जित्ने कुरामा विश्वस्त छु,’ जोशीले भने ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *