काठमाडौँ- भारतमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल इरानसँग ३–० ले पराजित भएको छ। इरानलाई हराउँदै उपाधि जित्ने लक्ष्यसहित मैदान पुगेको नेपाल निर्णायक दोस्रो हाफमा ढलेको हो।

लगातार दुई खेलमा जित निकाल्दै इरानले उपाधि जितिसकेको छ। उसले पहिलो खेलमा घरेलु टोली भारतलाई २–० ले पराजित गरेको थियो। अब नेपालले आगामी १० कात्तिकमा भारतसँग समूह चरणको अन्तिम खेल खेल्नेछ।

शिलङस्थित जवाहरलाल नेहरू मैदानमा भएको खेलमा नेपालले पहिलो हाफमा मज्बुत रक्षात्मक खेल खेल्दै इरानलाई गोलरहित बराबरीमा रोकेको थियो। तर दोस्रो हाफको सुरुवातमै नेपाल कमजोर देखियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile