काठमाडौँ- इङ्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडको खराब फर्म जारी छ। शुक्रबार लिड्स युनाइटेडसँगको पराजयपछि क्लबले पछिल्ला ५२ वर्षमै सबैभन्दा कमजोर सुरुवात दर्ता गरेको छ।

सेप्टेम्बरमा ग्राहम पोटरको स्थान लिएर टोलीको कमान सम्हालेका प्रशिक्षक नुनो एस्पिरितो सान्तो पाँच खेलपछि पनि जित निकाल्न नसक्दा क्लब १९औँ स्थानमा झरेको छ। वेस्ट ह्यामले यस सिजन अहिलेसम्म जम्मा ४ अंक मात्र जोड्न सकेको छ।

यो अंक संख्या क्लबको इतिहासमा तेस्रोपटक सबैभन्दा खराब सुरुवात हो। यसअघि १९३२/३३ र १९७३/७४ को सिजनमा पनि वेस्ट ह्यामले समान ४ अंक मात्र जोडेको थियो, जसको दुवै अवस्थामा क्लब अवनतिमा परेको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile