लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि नयाँ जर्सी सार्वजनिक गरेको छ। ‘पाल्पाली ढाका’को ढाँचा प्रयोग गरिएको यो जर्सीलाई ‘लुम्बिनीको पहिरन’को रूपमा चिनाउने लक्ष्य क्लबले राखेको छ।

क्लबकी सीईओ भावना घिमिरेले जर्सीका प्रत्येक धागोमा लुम्बिनीको कथा, पहिचान र एकता बुनिएको उल्लेख गरेकी छन् ।जर्सीको डिजाइनमा लुम्बिनीको सांस्कृतिक र प्रतीकात्मक पक्ष झल्काइएको छ। गर्दनमा रहेको सुनौलो रङले गजुरजस्ता सांस्कृतिक धरोहरलाई जनाउँछ भने काँधमा रहेको ज्वालाले शान्तिदीपको उज्यालोको प्रतीक बनाएको छ।

‘पाखुरामा रहेका रेखाहरूले सिंहको केशलाई जनाउँछन्, जसले साहस र शक्तिको अर्थ बोकेको छ। बीच भागमा रहेको सिंहको चित्रले लुम्बिनीको रक्षकको प्रतीकको रूपमा काम गर्छ’ क्लबले विज्ञप्तिमा भनेको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile