काठमाडौं । दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बुधबार भारतको राँची प्रस्थान गर्ने भएको छ ।

अक्टोबर २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, सुशील केसी, शिवराज पार्की, अरुण महतो, रामचन्द्र थारु, तिलक विक, युवराज विक, गणेशसिंह रावत, नागेश्वर ऐर, चन्द्रदेव जोशी, प्रवीण राना, बसन्ती चौधरी, सिमाकुमारी थारु, जयरानी थारु, सिता शाही, सर्मिलाकुमारी थारु, सरस्वती चौधरी, रन्जिता अधिकारी, डिना गोपाली र नारायणी भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा राकेश वज्राचार्य र धनीराम चौधरी, व्यवस्थापकमा दिपेन्द्रकुमार गोइत र अफिसियलमा अनिरुद्र चौधरी रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile