काठमाडौँ- मोरोक्कोले अर्जेन्टिनालाई २–० ले पराजित गर्दै यू–२० विश्वकप फुटबलको उपाधि जितेको छ।

आइतबार (अक्टोबर १९) चिलिको सान्टियागोमा भएको रोमाञ्चक फाइनलमा विजय हासिल गर्दै मोरोक्को यू–२० स्तरमा विश्वकप जित्ने पहिलो अरब राष्ट्र बन्न सफल भएको हो।

खेलको १२औँ मिनेटमा यासिर जाबीरीले आकर्षक फ्री–किक गोल गर्दै मोरोक्कोलाई शुरुवाती अग्रता दिलाए। उनले २९औँ मिनेटमा नजिकको दूरीबाट पुनः गोल गर्दै टिमलाई २–० को सहज अग्रता दिलाए।

छ वटा उपाधिसहित यू–२० विश्वकप इतिहासकै सबैभन्दा सफल टिम मानिने अर्जेन्टिनाले यसअघि १९८३ मा ब्राजिलसँग पराजित भएको फाइनलपछि दोस्रो पटक उपविजेतामा सन्तोष मान्नुपरेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *