काठमाडौँ- नेपाली क्रिकेटका दीर्घकालीन भरोसायोग्य ब्याटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट औपचारिक रूपमा संन्यास लिने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार उनी नोभेम्बर ७ देखि ९ सम्म हङकङमा हुने हङकङ क्रिकेट सिक्सेस मा नेपाली टोलीको कप्तानी सम्हाल्नेछन्, जुन उनको अन्तर्राष्ट्रिय करियरको अन्तिम प्रतियोगिता हुनेछ।

शरदले आफ्नो क्रिकेट यात्रा सन् २००२ मा यूएईमा भएको यू–१५ एसिया कपबाट सुरु गरेका थिए। नेपाली क्रिकेटले पहिलो पटक पाएको प्रथम श्रेणी मान्यता, पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय र पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय—यी सबै ऐतिहासिक क्षणमा शरद प्रत्यक्ष सहभागी थिए।
२००४ मा जन्मथलो यूएईमै राष्ट्रिय टिमबाट डेब्यु गरेका उनले अन्तरमहादेशीय कपको दोस्रो इनिङ्समा अविजित अर्धशतक प्रहार गर्दै आफ्नो उपस्थिति बलियो बनाएका थिए।

नेपालले विश्व क्रिकेट लिग डिभिजन ५ बाट सुरु गरेको उदय यात्रालाई एकदिवसीय मान्यता सम्म पुर्‍याउने क्रममा शरद अग्रपंक्तिमा रहे।
विशेषगरी २०१३ को ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट नेपाली क्रिकेटकै मोडटर्ने क्षण थियो — हङकङविरुद्धको रोमाञ्चक जितमा अन्तिम रन बटुलेर नेपाललाई इतिहासमै पहिलो पटक टी–२० विश्वकपको ढोका खोलिदिने ‘फिनिसर’ पनि उनी नै थिए।

यस्तै, नेदरल्यान्ड्सविरुद्ध २०१८ मा भएको खेल, नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियको पनि माइलस्टोन थियो, जसमा शरदले सहभागिता जनाएका थिए।
हालै वर्षहरुमा भने उनले २०२1 मा अन्तिम एकदिवसीय र २०२२ मा अन्तिम ट्वान्टी–२० खेलेका थिए।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *