काठमाडौं । काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रा.लि.द्वारा आयोजना गरिएको इनडोर सुपर लिग सफलतापूर्वक सम्पन्न भएको छ। रोमाञ्चक फाइनल खेलमा अनमोल पायोनियर्सले माया हेटौंडा रोयल्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो।

प्रतियोगितामा जम्मा ८ टिमको सहभागिता रहेको थियो। प्लेअफ चरणमा माया हेटौंडा रोयल्स, अनमोल पायोनियर्स, मिक्समाण्डु, र अल स्टार्ज पुग्न सफल भएका थिए। फाइनल खेलमा अनमोल पायोनियर्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो। पहिलो ब्याटिङमा माया हेटौंडा रोयल्सले जम्मा ५१ रनको योगफल तयार पार्‍यो।

त्यसपछि ५२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको अनमोल पायोनियर्सले खेल ५ विकेटले जित्दै उपाधि आफ्नो पक्षमा पारेको हो। फाइनल खेलका मुख्य अतिथि नेपाल क्रिकेट संघका बोर्ड सदस्य सुदीप शर्मा र विशिष्ट अतिथि काठमाडौं जिल्ला क्रिकेट संघका सचिव किरण एस.जे.बी. राणा रहेका थिए। फाइनल खेलको प्लेयर अफ द म्याच हरिओम जोशी घोषित भए। त्यसैगरी, प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी रवि कुमार शाह बने, उनले रु. २०,००० नगद पुरस्कार प्राप्त गरे।

सर्वश्रेष्ठ ब्याटर रविन जोशी र सर्वश्रेष्ठ बलर नितेश कुमार यादव घोषित भए, दुवैले रु. १०,०००–१०,००० पुरस्कार प्राप्त गरे। विजेता टिम अनमोल पायोनियर्सलाई रु. ४ लाखको चेक, मेडल र ट्रफी प्रदान गरियो भने रनरअप माया हेटौंडा रोयल्सलाई रु. २ लाखको चेक र मेडल प्रदान गरिएको थियो। यस प्रतियोगिताले नेपाली इनडोर क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile