नेपाल टेनिस संघको १२ औं वार्षिक साधारण सभा शुक्रबार सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष मनोहरदास मुलको अध्यक्षतामा भएको साधारण सभामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र प्रदेशका प्रतिनिधिको भौतिक र भर्चुअल रुपमा उपस्थिति रहेको थियो ।

सो अवसरमा संघका महासचिव निरेशबहादुर श्रेष्ठले संघले निर्वाचित भएपछि गरेका गतिविधि र भावी योजना बारे प्रकाश पारेका थिए ।

गत साउन १० गते भएको चुनावी साधारण सभाले मुलको अध्यक्षतामा केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेका थियो । संघका कोषाध्यक्ष जयजीव हाडाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *