ओमानको अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा जारी टि–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले युएईलाई १४१ रनको लक्ष्य दिएको छ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४० रन जोड्यो। नेपालका ओपनर आसिफ शेखले ४७ बलमा ५१ रनको उत्कृष्ट अर्धशतक प्रहार गरे। कुशल भुर्तेलले २८ रनको योगदान दिए भने कप्तान रोहित पौडेल २० रन बनाएर आउट भए।

युएईका बलरहरूबीच विकेट समान रूपमा बाँडिए। जुनेद सिद्धिकी, मुहम्मद रोहिद खान, जाहीद अली, हैदर अली, हर्षित कौशिक र ध्रुव पराशरले समान एक–एक विकेट लिए।

अब युएईले जितका लागि १४१ रनको लक्ष्य पछ्याउनेछ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *