काठमाडौं । भारत र श्रीलंकामा हुने आगामी टि–२० विश्वकपका लागि एसिया–इएपी क्षेत्रीय छनोटमा नेपालले जापानलाई ५ विकेटले हराउँदै सुपर सिक्समा प्रवेश गरेको छ।
जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ औं ओभरको अन्तिम बलमा पूरा गर्यो। आसिफ शेखले २१ बलमा ४ छक्का र १ चौकासहित ३८ रन बनाए भने गुलसन झाले २८ रनको अविजित योगदान दिए।
त्यसअघि जापानले कप्तान केन्डल फ्लेमिङको ६० रनको पारीमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो। नेपालका सन्दीप लामिछाने र गुलसन झाले समान २–२ विकेट लिए।
यो जितसँगै समूह ‘बी’ विजेताका रूपमा नेपाल सुपर सिक्समा पुगेको छ। अब नेपाल आइतबार यूएईसँग भिड्नेछ।

