गुवाहाटीमा जारी महिला विश्वकप क्रिकेटको पहिलो खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई मात्र ६९ रनमा समेट्दै १० विकेटको प्रभावशाली जित हासिल गरेको छ।

इंग्ल्यान्डका लागि बायाँहाते स्पिनर लिन्सी स्मिथ उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिइन्। उनले कप्तान लौरा वोल्भार्ड, ओपनर ताज्मिन ब्रिट्स र अनुभवी म्यारिजाने क्यापलाई सस्तैमा पेलिन्।

दक्षिण अफ्रिकाका लागि सिनालो जाफ्टा मात्र दोहोरो अंकमा पुगिन्। २०.४ ओभरमै ६९ रनमा अलआउट भएको दक्षिण अफ्रिकाको यो तेस्रो सबैभन्दा कम स्कोर हो।

इंग्ल्यान्डकी कप्तान नाट स्किभर–ब्रन्टले समेत २ विकेट लिइन् भने सोफी एक्लेस्टोन र चार्ली डिनले समान २–२ विकेट हात पारे।

लक्ष्य पछ्याउने क्रममा एमी जोन्स (४० अविजित) र टामी बुमन्ट (२१ अविजित) ले सहज प्रदर्शन गर्दै १४.१ ओभरमै लक्ष्य पुरा गरिन्।

दक्षिण अफ्रिकाको ब्याटिङ एकदमै कमजोर रह्यो। सुरुवाती १० ओभरमै ३८–५ को अवस्थामा पुगेपछि उनीहरू खेलमा फर्किन सकेनन्।

यो जितले इंग्ल्यान्डलाई आगामी खेलका लागि नेट रन–रेटमा ठूलो फाइदा दिलाएको छ। अब इंग्ल्यान्डले मंगलबार बंगलादेशविरुद्ध दोस्रो खेल खेल्नेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile