काठमाडौं — नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी पूर्व कप्तान तथा अनुभवी गोलरक्षक अञ्जिला तुम्बाप्पो सुब्बा पुनः भारतीय महिला क्लब सेथु एफसीमा फर्किएकी छन्। उनले क्लबसँग आधा सिजनका लागि सम्झौता गरेकी छन् र हाल भारतमै अभ्यासमा जुटेकी छिन्।

अञ्जिलाको यो तेस्रो भारत लिग यात्रा हो। सन् २०२३–२४ मा उनी सेथुको कप्तान थिइन् भने यसअघि पाकिस्तानी क्लब मासा युनाइटेडबाट पनि खेलिसकेकी थिइन्।

पछिल्लो सिजन युरोपेली क्लबमा जाने तयारी भए पनि परिस्थितिजन्य कारण सम्झौता सफल हुन सकेन।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile