काठमाडौं । लिभरपुलले लगातार दोस्रो हार बेहोरेको छ । मंगलबार राति इस्तानबुलको राम्स पार्कमा भएको च्याम्पियन्स लिग खेलमा तुर्की च्याम्पियन गालातासारायले इंग्लिस च्याम्पियनलाई १–० ले पराजित गर्‍यो ।

लिभरपुलका मुख्य प्रशिक्षक आर्ने स्लॉटले क्रिस्टल प्यालेसविरुद्ध हारपछि स्टार स्ट्राइकर मोहम्मद सालाहलाई बेन्चमै राखेका थिए । तर, बिना सालाह लिभरपुलले अपेक्षित आक्रमण गर्न सकेन र घरेलु समर्थकहरूको जोशपूर्ण हुटिङबीच मैदानमा दबाबमा रह्यो ।

खेलको १६औँ मिनेटमा भिक्टर ओसिम्हेनले गालातासारायलाई अग्रता दिलाए । फ्रेन्च रेफ्री क्लेमें टुर्पिनले लिभरपुलका डोमिनिक स्जोबोस्लाईले बारिस अल्पर यिलमाजलाई फाउल गरेको ठहर गर्दै पेनाल्टी दिएका थिए । सोही अवसरलाई ओसिम्हेनले सफलतापूर्वक गोलमा परिणत गरे ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *