काठमाडौं । पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होको नयाँ क्लब बेनफिकासँग स्ट्यामफोर्ड ब्रिजमा भएको च्याम्पियन्स लिगको खेलमा चेल्सीले संकुचित जित हात पार्दा उनको फिर्ती निराशाजनक बन्यो ।
बिहीबार बिहान भएको खेलमा चेल्सीले पहिलो हाफमै आएको रिचार्ड रियोसको आत्मघाती गोलको सहारामा बेनफिकालाई १–० ले पराजित गर्यो ।

