वरिष्ठ खेल पत्रकार तथा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पाल्पा समन्वय शाखाका संस्थापक अध्यक्ष मनोरञ्जन शर्माको निधन भएकाे छ ।
क्यान्सरबाट पीडित शर्माको ५३ वर्षको उमेरमा शनिबार भैरहवामा उपचारका क्रममा निधन भएको हो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
शर्माको आइतबार पाल्पाको रामदीमा अन्त्येष्टि भएको छ ।

