काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले घरेलु मैदानमा एस्पान्योललाई २–० ले हराउँदै तीन अंक सुरक्षित गरेको छ।
खेलमा पहिलो गोल किलियन एमबाप्पेले गरे भने दोस्रो गोल एडर मिलिटाओले थपे। यी दुई गोलले रियल म्याड्रिडको जित सुनिश्चित गरे।स ला लिगामा रियल म्याड्रिडले शानदार सुरुवात गर्दै तालिकाको शीर्ष स्थानमा उभिएको छ।
रियल म्याड्रिडले ५ खेल खेलेकोमा सबैमा जित हात पारेको छ र १५ अंक जोडेको छ।

