काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २–१ ले पराजित गरेको छ।
खेलमा युनाइटेडका लागि कप्तान ब्रुनो फर्नान्डेसले १४ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए। त्यसपछि कासेमिरोले ३७ औँ मिनेटमा हेडर गोल गर्दै अन्तर दोब्बर बनाए।
चेल्सीका लागि भने ८० औँ मिनेटमा ट्रेभो चलोबहले हेडरमार्फत गोल फर्काए तर अन्ततः बराबरी गर्न सकेनन्।
चेल्सी पाँच खेलमा दुई जित, दुई बराबरी र एक हारसहित ८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ। म्यान्चेस्टर युनाइटेड पाँच खेलमा दुई जित, एक बराबरी र दुई हारसहित ७ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ।

