काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो उत्कृष्ट सुरुवातलाई निरन्तरता दिएको छ। शनिबार राति भएको मर्सीसाइड डर्बीमा लिभरपुलले एभर्टनलाई २–१ ले पराजित गर्दै लिगको शीर्ष स्थानमा पकड मजबुत बनाएको हो।

अनफिल्डमा भएको खेलमा रयान ग्राभेनबर्चले पहिलो गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। त्यसपछि नयाँ अनुबन्धन ह्युगो एकिटिकेले अर्को गोल थपे। खेलको अन्त्यतिर एभर्टनले एक गोल फर्काए पनि लिभरपुलको जितमा कुनै असर परेन।

पाँच खेल खेलेर सबैमा जित हात पारेको लिभरपुलले हालसम्म पूर्ण १५ अंक जोडिसकेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile