नेपाल फुटबल खेलाडी संघको वार्षिक साधारण सभाले संघ विधान पास गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको साधारण सभाले विधान अनुमोदन गरेको हो।

विधानमा ४५ वर्ष मुनिका खेलाडी मात्र साधारण सदस्य रहन सक्ने र व्यवसायिक रुपमा प्रशिक्षणमा सामेल हुने खेलाडीको संघको सदस्यता खारेज हुने वैधानिक व्यवस्था गरिएको संघका अध्यक्ष विक्रम लामाले जानकारी दिए। त्यस्तै संघको केन्द्रीय परिषदमा ए, बि, सी डिभिजनका खेलाडीलाई पनि मनोनयन गर्ने सकिने विधानमा उल्लेख गरिएको छ। यसअघि सिनियर र जुनियर राष्ट्रिय खेलाडीले मात्र संघको सदस्यता लिन पाउने वैधानिक व्यवस्था थियो। अब भने सबै खाले फुटबल खेलाडीले सदस्यता लिन पाउने वैधानिक व्यवस्था गरिएको छ। संघले एक महिनाको समय सिमा तोकेर नयाँ सदस्यलाई फारम भर्न आव्हान गरेको छ।

 संघले कार्यसमितिमा रिक्त रहेको पदाधिकारी र सदस्यको मनोनयनले साधारण सभाले अनुमोदन गरेको छ।
अन्जना राना मगर उपाध्यक्ष , अनन्त तामाङ महासचिव, रुपेश केसी, एरिक बिष्ट, अन्जन विष्टलाई सदस्य मनोनित भएका छन्।
 त्यस्तै संघले आफ्नो पूर्व दुई अध्यक्ष उपेन्द्रमान सिंह र राजेश मानन्धरलाई सम्मान गरेको छ। संघको साधारण सभाको उद्घाटन सत्रमा उनीहरूलाई सम्मान गरिएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ र संघका अध्यक्ष लामाले उनीहरुलाई सम्मान गरेका हुन्।

एन्फा अध्यक्ष नेम्वाङले फुटबल खेलाडी संघ चलायमान रहेको र खेलाडीको हकहितका लागि क्रियाशील रहेको बताए। एक दशकसम्म संघको नेतृत्व गरेका सिंहले खेलाडीको खेल्न पाउने अधिकारका लागि संघले गरेको दबाबको प्रशंसा गरे। उनले खेलाडीका पक्षमा निर्णय गराउन संघले भूमिका खेल्नुलाई सकारात्मक कदम बताए।
संघका अध्यक्ष लामाले खेलाडीलाई पर्न सक्ने समस्याको समाधानको पहलका लागि संघ सधैं क्रियाशील रहने वचन दिए। खेलाडी संघ एन्फाको सदस्य संस्था हो । संघको पछिल्लो निर्वाचन २०७९ मा भएको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile