काठमाडौँ। वेस्ट इन्डिजसँगको युनिटी कप टी–२० शृंखला खेल्न जान लागेको नेपाली टोलीलाई यूएईले भिसा नदिँदा यात्रा रोकिएको छ।

सेप्टेम्बर २७ देखि ३० सम्म शारजाहमा हुने तीन खेलका लागि टोली शुक्रबार प्रस्थान गर्ने तयारीमा थियो। तर, भिसा समस्याले योजना प्रभावित भएको हो।

क्यानका प्रवक्ता छुम्बी लामाले यूएईको नयाँ नीतिका कारण समस्या आएको भए पनि आईसीसी र यूएई सरकारसँग समन्वय भइरहेको जानकारी दिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile