काठमाडौं – दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलोपटक आयोजना गर्न लागेको साफ क्लब विमेन्स च्याम्पियनसिप नेपालमा हुने भएको छ। प्रतियोगिता डिसेम्बर ५ देखि २० सम्म आयोजना हुनेछ।

महासंघले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार च्याम्पियनसिपमा पाँच देशका क्लब सहभागी हुनेछन्। ती क्लबहरूमा नेपालको एपीएफ फुटबल क्लब, भारतको इस्ट बंगाल एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, पाकिस्तानको कराची फुटबल क्लब र बंगलादेशको नस्रिन स्पोर्ट्स एकेडेमी रहेका छन्।

यो प्रतियोगिता दक्षिण एसियामा पहिलो पटक महिला फुटबलको क्लब स्तरमा आयोजना गर्न लागिएको हो। साफले यसलाई ऐतिहासिक सुरुवात भन्दै महिलाको फुटबलको विकासमा महत्वपूर्ण माइलस्टोन हुने विश्वास व्यक्त गरेको छ।

प्रतियोगिताका खेल नेपालमै हुने भए पनि रंगशाला भने अझै तोकिएको छैन। यसअघि दक्षिण एसियाली महिला च्याम्पियनसिप राष्ट्रिय टिम स्तरमा हुने गरे पनि यो क्लब प्रतियोगिता पहिलोपटक हुन लागिरहेको हो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile