काठमाडौं । युरोपेली फुटबल संघले घरेलु लिगका खेलहरू विदेशमा लैजाने प्रस्तावमा तत्काल निर्णय नगर्ने जनाएको छ।

भिल्लारियाल र बार्सिलोनाबीचको खेल अमेरिकामा तथा एसी मिलान र कोमोबीचको खेल अष्ट्रेलियामा आयोजना गर्ने सम्भावनाले व्यापक बहस उत्पन्न गरेपछि UEFA ले थप परामर्श आवश्यक ठानेको हो।

समर्थकहरूले खेल आफ्नै शहर र समुदायमै हुनुपर्ने भन्दै तीव्र विरोध जनाएपछि संघले अन्तिम निर्णयलाई स्थगित गरेको हो। यस विषयमा क्लब, समर्थक र सरोकारवालासँग विस्तृत छलफल गरेर मात्रै अघि बढ्ने UEFA को भनाइ छ।

अब यस विषयमा अन्तिम निर्णय आउँदो डिसेम्बरमा हुने UEFA कार्यकारी समितिको बैठकमा गरिने अपेक्षा गरिएको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *