एशिया कप टी–२० को उद्घाटन खेलमा भारतले युएईलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। शनिबार सम्पन्न खेलमा भारतको जितमा स्पिनर कुलदीप यादवको चमकिलो बलिङ निर्णायक सावित भयो।

लामो समयपछि टी–२० मा पुनरागमन गरेका यादवले युएईका ब्याटरलाई खेल्नै नदिई लगातार विकेट निकाले। उनको घातक बलिङपछि युएई सानो स्कोरमै समेटिएको थियो।

जवाफमा भारतीय ओपनरहरू आक्रामक लयमा प्रस्तुत भए। उत्कृष्ट ब्याटिङसँगै भारतले सजिलै लक्ष्य पार गर्दै प्रतियोगिताको पहिलो जित आफ्नो नाममा लेखायो।

यस जितसँगै भारतले एशिया कप अभियान आत्मविश्वासका साथ सुरु गरेको छ भने कुलदीप यादवले पुनरागमनलाई अविस्मरणीय बनाउन सफल भएका छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile