काठमाडौं – नेपाल र बंगलादेशबीच मंगलबार हुने तय भएको दोस्रो मैत्रीपूर्ण फुटबल खेल रद्द गरिएको छ।

देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै खेल रद्द गर्ने निर्णय गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन्।

बंगलादेशी राष्ट्रिय टिम फिफा विन्डोअन्तर्गत दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नका लागि काठमाडौं आएको हो। दुई टिमबीचको पहिलो खेल शनिबार एन्फा कम्प्लेक्समा सम्पन्न भएको थियो, जसमा दुवै टोलीले गोलविहीन बराबरी खेलेका थिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile