काठमाडौँ- अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले दुई गोल गर्दा इन्टर मायामीलाई लिग्स कपको सेमिफाइनलमा अर्ल्यान्डो सिटीमाथि ३–१ को जीत दिलाएका छन्। यो जितसँगै इन्टर मियामी लिग्स कपको फाइनलमा प्रवेश गरेको छ।

खेलको पहिलो हाफको अतिरिक्त समयमा अर्ल्यान्डोका मार्को पासालिचले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा मेस्सीले ७७औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गरे। त्यस्तै ८८औं मिनेटमा जोर्डी आल्बासँगको सुन्दर तालमेलमा मेस्सीले अर्को गोल थप्दै मायामीलाई अग्रता दिलाए। इन्जुरी समयमा टेलास्को सेगोभियाले थप गोल गरेपछि मियामीले ३–१ को शानदार जित दर्ता गर्‍यो।

यो जितसँगै इन्टर मियामी अगष्ट ३१ मा हुने लिग्स कप फाइनलमा पुगेको छ। साथै टोलीले २०२६ को कोनकाकाफ च्याम्पियन्स कपमा स्थान सुरक्षित गरेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile