काठमाडौं । एलकेबी फुटबल एकेडेमीले आफ्नो पहिलो वार्षिकोत्सव सम्पन्न गरेको छ। स्व. ललितकुमार भुषालको सम्झनामा स्थापना गरिएको उक्त एकेडेमी २०८१ साल भदौ १ गतेदेखि सञ्चालनमा आएको हो।

यस वर्षको वार्षिकोत्सव कार्यक्रम भदौ ७ गते, बुबाको मुख हेर्ने दिनकै अवसरमा आयोजना गरिएको थियो, जसले कार्यक्रममा विशेष महत्व थपेको छ।

कार्यक्रममा वडा नं. २३ का अध्यक्ष जीवन महर्जन, ग्रेस फुटसलका सञ्चालक पुष्पल कार्की, साथै नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी मनीकुमार लामा, सनिश श्रेष्ठ, योगेश गुरुङ, रोहन कार्की, अनिल महर्जन र आदित्य शाक्यको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सफल बनाउन योगदान गर्ने अभिभावक, खेलाडी तथा समर्थकप्रति एकेडेमीले आभार प्रकट गरेको छ। एकेडेमीले निरन्तरको साथ र आशीर्वादले भविष्यमा अझ मजबुत र प्रेरणादायी यात्रातर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile