पोखरा – वात्सल्य एभरेष्ट महिला भलिबल लिग (IWVL) को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी सेटर डावनक आडेमालाई अनुबन्धन गरेको छ।

यसअघि मधेशले नेदरल्याण्ड्सकै आउटसाइड हिटर रोमी विनस्ट्रालाई अनुबन्धन गरिसकेको थियो। आडेमा मधेश युनाइटेडको दोस्रो विदेशी खेलाडी बनेकी छन्।

१७५ से.मी. उचाइकी आडेमा अनुभवी सेटर हुन्। उनले नेदरल्याण्ड्स, स्पेन र जर्मनीका विभिन्न शीर्ष क्लबमा खेल्दै अनुभव बटुलेकी छन्। पछिल्लो समय उनी नेदरल्याण्ड्सकै शीर्ष डिभिजन क्लब सुडोसा-डेस्टोबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। सन् २०२४ मा उनले नेदरल्याण्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न पनि सफल भएकी थिइन्।

मधेश युनाइटेडले आडेमासँग ठूलो आशा राखेको छ। क्लबका अनुसार उनी टोलीको मुख्य सेटरका रूपमा खेललाई रणनीतिक र गतिशील बनाउन सक्षम हुने विश्वास गरिएको छ।

नेपालमा खेल्न पाउँदा आफू गौरवान्वित भएको बताउँदै आडेमाले मधेश युनाइटेडलाई उपाधि दिलाउनेतर्फ ध्यान केन्द्रित गर्ने बताइन्। साथै, नेपालमा खेल संस्कृतिको स्तर अझ उकास्न योगदान पुर्‍याउने इच्छाशक्ति रहेको पनि उनले प्रष्ट पारिन्।

मधेश युनाइटेडको कप्तान अनरुता ठगुन्ना छिन् भने टोलीको ब्रान्ड एम्बेसडरमा मोडल तथा अभिनेत्री नीता शाह छन्।
प्रशिक्षकको जिम्मेवारी कोपिला उप्रेतीले सम्हाल्दैछिन्।

वात्सल्य एभरेष्ट महिला भलिबल लिग (IWVL) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखरामा हुने तय भएको छ।

मधेश युनाइटेडको टोली

खेलाडी : अनरुता ठगुन्ना (कप्तान), आरती सुवेदी, कोपिला राना, सरस्वती कटेल, उषा बस्नेत, भावना बोहोरा, बसन्ती साउद, स्नेहा ठगुन्ना

प्रशिक्षक : कोपिला उप्रेती

ब्रान्ड एम्बेसडर : नीता शाह

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *