ललितपुर – दोस्रो संस्करणको एभरेष्ट महिला भलिबलको लागि ललितपुर क्विन्सले थाइल्याण्डका वारन्या श्रिलाओङ्गलाई निरन्तरता दिने भएको छ । बुधबार आफ्नो सामाजिक सञ्जाल मार्फत वारन्यालाई अनुबन्ध गरेको ललितपुर क्विन्सले जनाए ।
गत संस्करण ललितपुर उपविजेता हुँदा वारन्या टोलीको महत्वपूर्ण सदस्य थिइन् । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबलको लागिमा सहभागी हुन वारन्या अर्को साता नेपाल आउने छन् । ललितपुरले यस अगिनै थाइल्याण्डकै सेटर पट्राथिप सान्त्रकुनलै अनुबन्ध गरिसकेको छ ।
घरेलु भलिबलमा सफल प्रशिक्षक मध्य एक उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्सको टोली कोर्टमा उत्रनेछ । टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेका छन् भने ललितपुरले अक्सन बाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई खरिद गरेको थियो ।
ललितपुरले आफ्नो गुडविल एम्बासडरमा दीक्षिण एसियाली खेलकुदको तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई नियुक्त गरेको छ ।
दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुनेछ ।

